टीकापुर

टीकापुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ विजयी

बिज्ञापन

टीकापुरस्थित बीरेन्द्र बहुमुखी क्याम्पसमा सोमवार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ विजयी भएको छ । सभापतिमा नेपाल विद्यार्थी संघका नविन अधिकारी विजयी हुनुभएको छ । निर्वाचन अधिकृत धर्मबहादुर बिष्टका अनुसार अधिकारीले चार सय ३० मत पाउनुभएको छ । भने अधिकारीका निकटतम प्रतिद्वन्दी अखिल क्रान्तिकारीका नविन सज्यालले एक सय ३२ मत पाउनुभएको छ । 
यसैगरी अनेरास्वबियूका प्रदिप रावलले ८५ मत पाउनुभएको छ भने नागरिक विद्यार्थी समाजका प्रबेश आचार्यले ७२ मत पाएका छन् । सचिवमा नेपाल विद्यार्थी संघका तपेन्द्र भण्डारी विजयी भएका छन् । भण्डारीले तीन सय ३५ मत पाएका छन् । उहाँलाई पछ्याउदै अखिल क्रान्तिकारीका सरस्वती ठकुल्लाले एक सय ५४ मत पाउनुभएको छ । नागरिक विद्यार्थी समाजका सागर विश्वकर्माले ८७ मत पाउनुभएको छ भने राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका महेन्द्र रावलले ९४ मत पाउनुभएको छ । कोषाध्यक्षमा नेपाल विद्यार्थी संघका विपना कुमारी चौधरी बिजयी हुनुभएको छ । विपनाले ३०५ मत प्राप्त गर्नुभएको छ । अनेरास्वबियूका बिनिता बिष्टले एक सय ८५ मत पाउनुभएको छ । अनेरास्वबियू (एस) विद्यार्थी किरण चौधरीले ९५ मत पाउनुभएको  छ । नागरिक विद्यार्थी समाजका सीता चौधरीले ७३ मत पाउनुभएको छ ।
    सदस्यहरुको मतगणना जारी छ । सदस्यमा समेत नेविसंघका विद्यार्थीले अग्रता लिइरहेको बताइएको छ । एक हजार एक मतदाता रहेकोमा ७ सय ५३ मत खसेको थियो । वीरेन्द्रमा करिब २२ सय विद्याथीले अध्ययन गर्छन् । निर्वाचनमा अखिल क्रान्तिकारी र अनेरास्वबियूले गठबन्धन गरेका थिए भने अनेरास्वबियू र राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थी संगठनले गठबन्धन गरेका थिए । 

बिज्ञापन
बिज्ञापन