राष्ट्रिय समाचार

कांग्रेसका पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

बिज्ञापन

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नेपालीलाई नक्कली कागजात खडा गरी भुटानी शरनार्थी बनाई अमेरीका पठाउने भन्दै गरेको गठी प्रकरणमा संलग्न देखीएको भन्दै जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार सो प्रकरणमा पक्राउ थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङटावाले हिरासतमा पुगेर भेट गरेका थिए ।

बिज्ञापन
बिज्ञापन