टीकापुर

टीकापुर नगरपालिकाद्धारा श्रृंगारिक पसलमा अनुगमन, म्याद नाघेका सामान बिक्रीमा

बिज्ञापन

टीकापुर । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा स्वच्छ उर्जा प्रयोग गर्दै उपभोक्ता सशक्तिकरण  भन्ने सन्देशका साथ विश्वभर मनाइएको छ । उपभोक्ता अधिकार दिवसका अवसरमा टीकापुर नगरपालिकाले श्रृंगारिक पसलमा अनुगमन गरेको छ । नगरपालिकाले करिव एक दर्जन पसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा म्याद स्याम्फु, पाउडर, क्रिम म्याद नाघेका भेटिएका छन् । श्रृंगारिक पसल वडा तहमा दर्ता नभएका, दर्ता भएकाहरुले नविकरण नगरेका, पसल अगाडि बोर्ड नराखेका भेटिएका छन् । 
टीकापुर नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख नन्दबहादुर केसीले अनुगमनका क्रममा ब्यवसायीलाई सामान किन्दा सचेत हुन आग्रह गर्दै कानूनको दायरामा आउन आग्रह गर्दै उपभोक्तालाई ठगेमा ढाई लाखसम्म जरिवाना हुने भएकाले सचेत हुन आग्रह गर्नुभयो ।
आर्थिक विकास शाखा प्रमुख केसी श्रृंगारिक पसल अनुगमन गर्दा नियम पालना नगरेका, लापरवाही गरेर म्याद नाघेका स्याम्फु, पाउडर, क्रिम म्याद नाघेका भेटिएका, पसल वडा तहमा दर्ता नभएका, दर्ता भएकाहरुले नविकरण नगरेका, पसल अगाडि बोर्ड नराखेका भेटिएका बताउनुभयो ।
टीकपुर नगरपालिको बजार व्यवस्थापन तथा स्वच्छताका लागि स्थानीय बजार ब्यवस्थापन तथा अनुगमन ऐन २०७६, स्थानीय बजार ब्यवस्थापन तथा अनुगमन नियमावली २०७८ लागू गरिसकेको छ ।
उपभोक्ता अधिकारका बारेमा क्रेता मात्र नभइ बिक्रेता समेत सचेत हुनुपर्छ । हरेक नागरिक उपभोक्ता हुने भएकाले अरुलाई ठग्दा आफू पनि ठगिने जोखिम रहने भएकाले सचेत हुन आवश्यक रहेको केसीको भनाइ छ । यसका साथै बिक्रेताले म्याद हेरेर बिक्री गर्ने, खरिदकर्ताले समेत म्याद र मूल्य हेरेर किन्ने गरेमा गुणस्तरहीन सामान प्रयोगबाट जोगिन सकिन्छ । यसरी म्याद नाघेमा सामग्रीको प्रयोगले स्वास्थ्यमा गम्भिर समस्या पर्ने भएकाले सचेत हुन आवश्यक छ ।

बिज्ञापन
बिज्ञापन