अर्थ

सुन-चाँदीको मूल्य घट्यो

बिज्ञापन

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ रहेको छ ।

बिज्ञापन

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ६०० रुपैयाँ थियो ।

यस्तै, आज सुनको मूल्यसँगै चाँदीको मूल्यसमेत घटेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको हो । यससँगै, आज चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ कायम छ ।

बिज्ञापन