National Election

घनश्याम भुसाल पराजित

बिज्ञापन

रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र १ बाट लोकतान्त्रिक वाम गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल पराजित भएका छन् ।

भुसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित भए । भुसाल ३ हजार ५६४ मतान्तरले पराजित भएका हुन् । विश्वकर्माले २४ हजार ८७२ मत पाए भने भुसालले २१ हजार ३०८ मत पाए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि भुसालले एमाले परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यसपछि नेकपा माओवादी केन्द्रको भागमा परेको सो क्षेत्रमा माओवादीले भुसाललाई समर्थन गरेको थियो ।

बिज्ञापन
बिज्ञापन