घटना समाचार

अत्तरियाको पहाड रोडमा रोकिएका २ ट्रकमा आगलागी

बिज्ञापन

धनगढी: कैलालीको अत्तरिया पहाड रोडको सडक किनारामा रोकिएका २ ट्रकमा आगजनी भएको छ। अत्तरियाको पहाड रोड किनारामा रोकिएका ट्रकमा एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ। गएराति करिब १२ बजेको समयमा ट्रकमा आगलागी भएको स्थानीयले बताएका छन्।

बिज्ञापन

आगलागीबाट म १ ख ३७८ नम्बरको ट्रकको अगाडीको भाग पुरै जलेर नष्ट भएको छ भने अर्को प्रदेश ०२–०३– ००१ ख ०१६४ नम्बरको ट्रकमा आंसिक क्षति भएको जनाएको छ। आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो। आगलागी कसरी भयो भन्ने बारेमा खुल्न नसकेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताएका छन्। उनले घटनाको बारेमा अनुसन्धान गरीरहेको बताएका छन्।

बिज्ञापन