काठमाडौं । आज देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ । चारवटा प्रदेशसहित पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र देशका बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा सामान्य बदली हुने जनाएको छ । गण्डकी, वाग्मती र कोसी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र देशका बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
अन्य समाचारहरु
दिल्लीमा आज आँधीसहितको बर्षा हुने, ‘एलाे अलर्ट’ जारी
पश्चिमी वायुको प्रभावले उपत्यकासहित देशभर वर्षा
यस वर्ष कम वर्षा हुने आँकलन, तापक्रम बढ्न सक्ने