राजनीति

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेता हेरफेर

बिज्ञापन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको चौथो ठूलो दल नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेता र प्रमुख सचेतक फेरेको छ ।

बुधबार बसेको संसदीय दलको बैठकले घनश्याम चौधरीलाई दलको नेता चयन गरेको छ । उनी कैलाली निर्वाचन क्षेत्र ३ को प्रदेशसभा (१) बाट निर्वाचित भएका हुन् । प्रमुख सचेतकमा खुशीराम चौधरी चयन भएका छन् ।

यसअघि सो पार्टीको संसदीय दलको नेतामा रामेश्वर चौधरी र प्रमुख सचेतकमा लक्ष्मणकिशोर चौधरी थिए । 

निवर्तमान प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले केन्द्रीय अध्यक्षको उपस्थितिमा केन्द्रमा केही दिनअघि भएको सहमतिबमोजिम आज प्रदेशसभाको संसदीय दलको बैठक बसेर दलको नेता र प्रमुख सचेतक चयन गरिएको जानकारी दिए । 

बिज्ञापन

‘बैठकले दलको नेता र प्रमुख सचेतक सर्वसम्मतिले चयन गरेको छ,’ उनले भने, ‘यसबाहेक योजना छानोटलगायतका विषयमा छलफल गरिएको छ ।’  

५३ सदस्यीय प्रदेशसभामा सो पार्टीका सात सदस्य थिए । यस्तै नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का ११, नेकपा (एमाले)का १०, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र स्वतन्त्र एक सदस्य छन् ।

बिज्ञापन
बिज्ञापन