काठमाडौं । टोखामा मादक पदार्थ सेवन गरी कुटपिट गर्दा एक महिलाको मृत्यु भएको छ ।
विज्ञापन

धनकुटा कुरले तेनुपा गाउँपालिका घर भइ टोखा नगरपालिका- ८ स्थित डेरा गरी बस्ने ५५ वर्षीय निङमा शेर्पाले मादक पदार्थ सेवन गरी कुटपीट गर्दा श्रीमती मोती माया शेर्पाको शनिबार मृत्यु भएको हो ।
उनीहरूबीच मादक पदार्थ सेवन गरी एकआपसमा झै-झगडा हुँदा निङमाले कुटपिट गर्ने क्रममा मोती मायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
विज्ञापन

निङमालाई शनिबार रातिनै प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरिसकेको छ । घटनाबारे प्रहरी थप अनुसन्धान गरिरहेको जनाएको छ।
अन्य समाचारहरु
राष्ट्रपति द्वारा प्रमाणीकरण भएको नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
उत्तर कोरियाको पहिलो स्याटेलाइट परिक्षण दुर्घटनाग्रस्त
रेशमलाई आममाफी दिने तयारीविरुद्ध टीकापुरमा मारिएका इन्सपेक्टरकी श्रीमती सर्वोच्चमा