राष्ट्रिय समाचार

अमेरिकी उपमन्त्री नुल्याण्डले आज उच्चस्तरीय भेटवार्ता गर्दै

बिज्ञापन

काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दै छिन् ।

बिज्ञापन

उनले आज प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

यद्यपि भेटवार्ताको समय भने सार्वजनिक गरिएको छैन । नुल्यान्डको भ्रमणमा द्विपक्षीय सम्बन्धलाई थप उजागर गर्न सरकारी अधिकारीहरूसँग भेटवार्ता रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ । तीन दशकभन्दा धेरै समय कुटनीतिक क्षेत्रमा काम गरिसकेका नुल्यान्डको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

नुल्याण्ड दुई दिने नेपाल भ्रमणका लागि आइतबार अमेरिकाको राजधानी वाशिङटन डिसीबाट सिधै काठमाडौं आएकी थिइन् ।

बिज्ञापन