राजनीति

खाँणबारे कांग्रेसले भन्यो– आरोपै नलागेको मान्छेलाई दोषीजस्तै प्रस्तुत गरियो

बिज्ञापन

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आफ्ना नेता बालकृष्ण खाँणको नेपाली कांग्रेसले बचाउ गरेको छ । आरोपै नलागेका मान्छेलाई पनि दोषीजस्तै प्रस्तुत गरिएको भन्दै कांग्रेसले बचाउ गरेको हो ।

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले आज पत्रकार सम्मेलन गरी नक्कली भुटानी शरणार्थी प्रकरणमा धारणा सार्वजनिक गरेका हुन् । कानुनी प्रक्रियाअनुसार यो प्रकरणलाई अगाडि लग्नुपर्नेमा कांग्रेस प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

यो प्रकरणमा अनुसन्धान गर्न र कानुनी प्रक्रियाअनुसार अघि बढ्न कांग्रेसले सघाइरहेको उनले दाबी थियो । 

‘जो कोहीलाई पनि अनुसन्धान गर्ने एउटा नम्स छ । त्यो नम्समा रहेर अनुसन्धान गर्ने र अनुसन्धानले जे कुरा प्रमाणित गर्छ, त्यसका आधारमा जानुपर्छ,’ उनले भने । 

बिज्ञापन
बिज्ञापन
बिज्ञापन