राष्ट्रिय समाचार

सुदूरपश्चिम र कर्णालीको मतपत्र छपाइ सकियो

बिज्ञापन

निर्वाचन आयोगले सुदूरपश्चिम र कर्णाली प्रदेशको प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न गरेको छ । आयोगले आसन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आवश्यक पर्ने मतपत्र छपाइ सकिएको जनाएको छ ।

यी प्रदेशबाट प्रतिनिधिसभामा ३८ र प्रदेशसभामा ८० निर्वाचन क्षेत्र छन् । मंसिर ४ मा हुने निर्वाचनका लागि कर्णाली र सुदूरपश्चिमका दुर्गम गाउँहरूसम्म मतपत्र पुर्‍याइसक्नुपर्ने हुन्छ । आयोगले उम्मेदवारको मनोनयनपत्र दर्ता भई अन्तिम नामावली सार्वजनिक गरेलगत्तै प्राथमिकतामा राखेर कर्णाली र सुदूरपश्चिमको मतपत्र छाप्न सुरु गरेको थियो ।

अन्य प्रदेशको मतपत्र छपाइ क्रमशः भइरहेको छ । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा दैनिक करिब २५ लाख मतपत्र छपाइ गरिरहेको छ ।हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कुल ८९ लाख ९९ हजार मतपत्र छपाइ भइसकेको छ ।

सोमध्ये प्रदेशसभातर्फ ४७ लाख १५ हजार र प्रतिनिधिसभातर्फ ४३ लाख ४८ हजार मतपत्र रहेका छन् ।समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भई वितरण सुरु भइसकेको छ । हालसम्म वाग्मती प्रदेश, मधेस प्रदेश र प्रदेश १ का सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी भइसकेको छ । बाँकी प्रदेशहरूमा यही कात्तिक ३ गतेदेखि मतपत्र ढुवानी सुरु हुने छ ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन