बिश्व

सुकीलाई थप ७ वर्ष जेल सजाय

बिज्ञापन

म्यानमार । म्यानमारको एक अदालतले अपदस्थ नागरिक नेतृ आङ सान सुकीलाई भ्रष्टाचारको अभियोगमा सात वर्षको जेल सजाय सुनाएको । नोबेल पुरस्कार विजेताको १८ महिना लामो सुनुवाइ समाप्त गर्दै अदालतले उक्त सजाय सुनाएको हो ।

सुकीलाई हेलिकप्टर भाडामा लिने, खरिद गर्ने र मर्मतसम्भार गर्ने सम्बन्धमा भ्रष्टाचार गरेको अभियोगमा थप सात वर्ष जेल सुनाएको हो । उनका कार्यले राज्यलाई घाटा पुगेको अदालतले जनाएको छ ।

सुकीलाई सैन्य सरकारले सन् २०२१ को फेब्रुवरीदेखि नजरबन्दमा राखेको छ । गत साता मात्र संयुक्त राष्ट्रसंघले सुकीलाई रिहा गर्न आग्रह गरेको थियो । उनीमाथि १९ आरोप लागेको थियो । शुक्रबार अन्तिम ५ आरोपमा सजाय सुनाइएको थियो । सुकी लामो समय देखि घरमा नजरबन्दमा विताएकी छन् ।

अघिल्लो सबै दोषहरूले उनलाई जम्मा २६ वर्षको जेल सजाय सुनाइएको थियो । ७७ वर्षीया सुकीलाई गैरकानुनी रूपमा वाकी–टकीहरू आयात र राख्ने, कोरोनाभाइरस प्रतिबन्धहरू उल्लंघन गर्ने, देशको आधिकारिक गोप्य ऐन उल्लंघन, देशद्रोह र चुनावी जालसाजीलगायत अन्य थुप्रै अपराधहरूमा पनि दोषी ठहर गरिएको थियो ।

बिज्ञापन

पत्रकारलाई अदालतको सुनुवाइमा उपस्थित हुन रोक लगाइएको छ भने सुकीका वकिलहरूलाई मिडियासँग बोल्न प्रतिबन्ध लगाइएको छ ।

बिज्ञापन
बिज्ञापन