बिश्व

सोमालियाको एक होटलमा बम विस्फोट, कम्तीमा ९ जनाको मृत्यु

बिज्ञापन

सोमालियाको किसमायो शहरस्थित एक होटलमा कार बम बिस्फोट हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।

घटनामा ४७ जना घाइते भएको बताइएको छ । 

समाचार एजेन्सीहरूका अनुसार आइतवार राति आक्रमणकारीले होटलमा बम विष्फोट गराएर गोलीबारी शुरू गरेका थिए । 

जसमा होटल र त्यहाँ रहेका नागरिकहरूलाई निशाना बनाइएको थियो । 

बिज्ञापन

घटनाको जिम्मेवारी अल शबाब समूहले लिएको बताइएको छ । 

बिज्ञापन
बिज्ञापन