राष्ट्रिय समाचार

आन्दोलनमा उत्रिए सुकुम्बासी, घेरे काठमाडौं महानगर

बिज्ञापन

काठमाडौं । बस्तीमा डोजर चलाएपछि सुकुम्बासी बस्तीका वासिन्दा आन्दोलनमा उत्रिएका छन् ।

थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीका बासिन्दाले आफूहरुको उचित व्यवस्थापन विना हटाउन लागिएको विरोधमा काठमाडौं महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

थापाथलीबाट नारा जुलुस गर्दै गएका उनीहरुले महानगर विरुद्ध केहीबेर नारा लगाएर फेरि थापाथलीमै फर्किएका छन् । उनीहरुले थापाथलीको सुकुम्बासी बस्ती छिर्ने मुख्य बाटाहरुमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

एकीकृत वाग्मती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेको थियो । समितिको आग्रहसँगै महानगरको टोली सोमबार बस्तीमा पुगेको थियो । सो क्रममा दुवै पक्षबीच झडप हुँदा स्थिति तनावपूर्ण भएको थियो । झडपमा महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित ३६ जना घाइते भएका थिए ।

बिज्ञापन

यो क्षेत्रमा करिब ५ हजार सुकुम्बासीको जनसंख्या रहेको अनुमान छ । समितिले नदी किनारमा रहेको सार्वजनिक भवन, किरियापुत्री भवन, साईसेवा केन्द्रका भवनहरु महानगरको सहयोगमा भत्काइसकेको छ ।

बिज्ञापन
बिज्ञापन