खेलकुद

टी-२० सिरिज : केन्यासँग नेपाल पराजित

बिज्ञापन

काठमाडौं । घरेलु टोली केन्याविरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको हो ।

बिज्ञापन

योसँगै पाँच टि-२०आई सिरिज दोस्रो खेल सकिदा १-१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा नेपालले पहिलो खेलमा पाँच विकेटको सहज जित निकालेको थियो ।

१ सय ३३ रनको विजय लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाएर ११४ रनमात्र जोड्न सक्यो । नेपालको लागि मध्यक्रमका आरिफ शेखले सर्वाधिक २५ रनको योगदान दिए । उनले २१ बलमा २ चौका र एक छक्का प्रहार गरे ।

पकप्तान रोहित कुमार पौडेल र आदिल अन्सारीले समान २०, ओपनर पवन सर्राफले १९ रन जोडे भने अर्का ओपनर आसिफ शेख ५ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल ४ बल खेल्दै १ रनमा पभेलियन फर्किए ।

त्यस्तै दिपेन्दै सिंह ऐरी ३, करण केसी ६, कप्तान सन्दीप लामिछाने ७ रन र सोमपाल कामी २ रनमा आउट भए ।

केन्याका इमानयुल बुन्डी, लुकास ओलुओच र भिरज पटेलले समान २ विकेट लिए । इगुइन ओचिइङ र नेहेमियाले समान एक विकेट लिए

त्यसअघि नैरोबीस्थित जिमखाना क्लब ग्राउन्डमा कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान ३ विकेट लिएपछि केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रनको जोडेको थियो ।

बिज्ञापन