Sudur Pradesh News

बाजुरामा ४८ प्रतिशत बालबालिकामा कुपोषण, ५ बालबालिकाको मृत्यु

बिज्ञापन

बाजुराः बाजुरा जिल्ला अस्पताल बाजुरामा उपचाररत एक कुपोषित ५ महिने बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–६ का रमिता नेपालीको पाँच महिने बालकको उपचारका क्रममा मृत्यु भएको जिल्ला अस्पताल बाजुराकी पोषण संयोजक निर्मला सुनारले बताएकी छन्।

बिज्ञापन

कुपोषणबाट ग्रसित बालकलाई जिल्ला अस्पतालस्थित पोषण पुनर्स्थापना केन्द्रमा ९ दिन अघि उपचारका लागि भर्ना गरिएको थियो। बालकमा कडा कुपोषण रहेकाले बचाउन नसकेको पोषण संयोजक सुनारले बताइन्। डेढ महिना अगाडि पनि कुपोषणको उपचार गर्न ती बालकलाई पोषण पुनर्स्थापनामा राखिएको थियो।

डेढ साताको उपचारपछि अवस्था सामान्य भएको भन्दै स्वास्थ्यकर्मीले घर पठाएका थिए। बालक पुनः बिरामी परेपछि उपचारका लागि जिल्ला अस्पताल पु¥याइएको थियो। अन्तिम अवस्थामा अस्पतालमा पु¥याएकाले बालकलाई बचाउन नसकिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए।

बिज्ञापन