December 1, 2022

मालिका समाचार

देशकाे ऐना

दाङमा आगलागी, तीन फर्निचर उद्योग जले

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

दाङ : : घोराहीस्थित शहीद उमेश मार्ग रोडमा आगलागी हुँदा तीन फर्निचर उद्योग पूर्ण रूपमा क्षति भएको छ।

न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीन वटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । 

विज्ञापन
विज्ञापन

आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ। राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब साढे ४ बजे निमन्त्रणामा आएको छ। 

नेपाल प्रहरी, सशस्त्र प्रहरी, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको हो।

लक्ष्मीपूजामा बालिएको बत्ती कारण आगलागी भएको हुनसक्ने आशंका गरिएको छ।