Sudur Pradesh News

प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम आउँदै

बिज्ञापन

धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड) सुदूरपश्चिम आउने भएका छन्।

सोमवारदेखि कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालन हुने महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम आउन लागेका हुन्। उनले सोमवारदेखि महेन्द्रनगरमा सुरु हुने सुदूरपश्चिम प्रदेश स्तरीय औषोगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ। 

उनी सोमवार बिहान धनगढी पुग्ने छन। कैलालीको गेटामा निर्माणको चरणमा रहेको प्रस्ताविक मेडिकल कलेजको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको छ। सुरक्षा स्रोतका अनुसार उनी सोमवार दिउसो १२ बजे तिर मात्र कञ्चनपुर पुग्ने छ। १२ देखि साढे ३ बजेसम्म प्रधानमन्त्री प्रचण्ड कञ्चनपुरमा रहने छन्। उनले सोमवार नै कञ्चनपुरको सुख्खा बन्दरगाहको अवलोकन भ्रमण गर्ने कार्यक्रमसमेत रहेको छ। 

बिज्ञापन
बिज्ञापन