Uncategorized

कैलालीका ५ पूर्वमन्त्रीकाे संसद छिर्ने सपना अधुरै

बिज्ञापन

धनगढी । मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमा कैलालीमा प्रतिनिधिसभा सदस्यका लागि ६ जना पुर्वमन्त्रीहरुको उम्मेदवारी परेकामा ५ जना पराजित भएका छन् । ५ निर्वाचन क्षेत्र रहेको कैलालीमा संघीय सरकारको मन्त्री भइसकेका पुर्व मन्त्रीहरु पराजित भएका हुन् ।

प्रतिस्पर्धामा रहेका मध्य पूर्वमन्त्री बीरबहादुर बलायरमात्रै कैलाली निर्वाचन क्षेत्र नं. ४ बाट विजयी भएका छन् । नेपाली कांग्रसबाट उम्मेदवार बनेका बलायरले नेकपा एमालेका उम्मेदवार एवं पूर्वमन्त्री लेखराज भट्टलाई पराजित गरेका हुन् । दुई पटक निर्वाचन जितेका भट्टको संसदीय यात्रा रोकिएको छ । यसअघि, भट्टले २०६४ मा संविधानसभा सदस्य र २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा जित हासिल गरेका थिए ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा भट्ट श्रम तथा यातायातमन्त्री भएका थिए । यसैगरी केपी ओली नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए । यसपटकको निर्वाचनमा उनी तीन हजार ५८४ मतान्तरले पूर्वमन्त्री बलायरसँग पराजित भए । पराजित भट्टले २२ हजार ५८७ मत प्राप्त गर्दा विजयी बलायरले २६ हजार १७१ मत प्राप्त गरे ।

कैलाली क्षेत्र नं। १ मा पूर्वमन्त्री रामजनम चौधरी ठुलो मतान्तरले पराजित भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका चौधरीलाई १२ हजार ३२३ मतान्तरले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले पराजित गरिन् । पराजित रामजनम चौधरीले १८ हजार ८१ मत पाउँदा विजयी चौधरीले ३० हजार ४०४ मत पाए ।

बिज्ञापन

राजनीति तथा चुनावी रणनीतिमा चतुर मानिने चौधरी २०४८ सालदेखि निरन्तर टिकट पाएर चुनाव लड्दै आएका छन् । उनले २०४८, २०५१, २०५६ र २०७० को निर्वाचन जितेका थिए । चौधरी २०७४ मा कैलाली क्षेत्र नं। ३ मा पराजित भएका थिए । यसपटक क्षेत्र नं। १ मा पराजित भएका छन् । चौधरी सामान्य प्रशासन सहायक मन्त्री, शिक्षा सहायक मन्त्री, भूमि सुधार राज्यमन्त्री र स्वास्थ्यमन्त्री भएका थिए ।

कैलाली क्षेत्र नं। ३ मा पूर्वमन्त्री गौरीशंकर चौधरी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा हार व्यहोरेका छन् । नेकपा एमालेबाट उम्मेदवार बनेका चौधरीले नौ हजार ८७४ मत प्राप्त गरेर उनले तेस्रो स्थानमा सीमित भएका छन् । कैलाली क्षेत्र नम्बर ३ को निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भए । पूर्व माओवादी गौरीशंकर यसपटक नेकपा ९एमाले०बाट चुनाव लडेका थिए । उनी कृषि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा गरेर दुईपटक मन्त्री भइसकेका छन् ।

चौधरीले तत्कालीन माओवादी पार्टीबाट २०७० को संविधानसभाको निर्वाचन कैलाली क्षेत्र नं ४ र २०७४ को प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्र नं ३ बाट जितेका थिए । क्षे नं ५ मा दुई पूर्वमन्त्रीहरु पराजित भएका छन् । पूर्वमन्त्रीद्वय नारदमुनि राना र पुष्करनाथ ओझा पराजित भएका हुन । पूर्व वन तथा वातावरणमन्त्री रहेका राना नेपाली कांग्रेसका डिल्लीराज पन्तसँग एक हजार ७४ मतान्तरले पराजित भए । पराजित रानाले २० हजार ३१८ मत प्राप्त गरे । विजयी पन्तले भने २१ हजार ३९२ मत पाए । आठ हजार ३४९ मत पाएका ओझाले तेस्रो स्थानमा सीमित भएका हुन् ।

रानाले यसअघि, २०७४ को निर्वाचन यही क्षेत्रबाट जितेका थिए । नेपाली कांग्रेसका नेतृ डा। आरजु राणा देउवालाई पराजित गरेर उनी चर्चामा आएका थिए । यसैगरी, पूर्व राज्यमन्त्री ओझाले २०५६ आमनिर्वाचन क्षेत्र नं। ३ बाट जितेका थिए । २०७० को उपनिर्वाचन भने उनले क्षेत्र नं। ५ बाट जितेका थिए ।

बिज्ञापन
बिज्ञापन