
जाजरकोट माघ १६ गते । जाजरकोटमा जवरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ गरेको छ । बारेकोट गाउँपालिका ९ का ७१ वर्षीय कालीबहादुर महतारालाई प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत सुर्खेतले गत साउन ३० गते गरेको फैसला आदेश अनुसार ९ वर्ष कैद ५० हजार जरिवाना गरेको थियो । गाउँकै एक महिलालाई बलात्कार गरेपछि २०७७ साल असोज १४ गते पक्राउ परेपछि जिल्ला अदालतले सफाइ दिएको थियो । मुद्दा पुन उच्च अदालतमा परेको थियो । जिल्ला अदालतले गरेको फैसला उल्टाएर महतारालाई जेल सजाय र जरिवान तोकेपछि फरार रहेका महतारा लुकीछिपी बसेको सूचनाका आधारमा घरबाटै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।

पक्राउ परेका महतारालाई जिल्ला अदालतको आदेश अनुसार कारागार चलान गरिएको निरौलाले बताउनुभयो ।
अन्य समाचारहरु
मेयर साम्पाङले माफी माग्नुपर्ने भन्दै वडाध्यक्षहरु आन्दोलित, हातमा कालोपट्टी बाँधेर विरोध
आज घोडेजात्रा पर्व, उपत्यकामा सार्वजनिक बिदा
लम्की बहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी