June 7, 2023

मालिका समाचार

देशकाे ऐना

गभर्नरमाथिको कारबाही राष्ट्र बैंकको ऐनअनुसार : मन्त्री शर्मा

काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बन बैंककै ऐनअनुसार भएको दाबी गर्नुभएको छ ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

अर्थ मन्त्रालयमा हिजो सोमवार पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले गभर्नर अधिकारीलाई सरकारले राष्ट्र बैंकको ऐन, कानुनअनुसार कारबाही गरेकाले त्यो कानुनसम्मत भएको तर्कसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गभर्नरलाई किन निलम्बन गरियो भन्ने बारेमा एउटा समिति बनाएका छौं । समितिले छानबिन गरेर हामीलाई प्रतिवेदन दिनेछ । त्यो प्रतिवेदनले यी सबै प्रश्नको जवाफ दिनेछ ।’

विज्ञापन

त्यस्तै अर्थमन्त्री शर्माले देश श्रीलङ्का बन्छ भन्नु अफवाह मात्रै भएको बताउनुभयो । उहाँले सरकारले चुनाव खर्च र वृद्धभत्तासमेत दिन नसक्ने भनेर गरिएको प्रचार अफवाह मात्र भएको दाबी गर्नुभयो । उहाँले सरकारले निर्वाचन तथा अन्य सबै कार्यको लागि रकम निकासासमेत गरेको स्पष्ट पार्नुभयो । अफवाह जोडेर देश श्रीलङ्का हुन्छ भन्नेतिर लैजान खोजिएको भन्दै मन्त्री शर्माले यस्तो अफवाह फैलाउनु राष्ट्रघात भएको जिकिर गर्नुभयो ।