राजनीति

गठबन्धनको विरोध नगरौं चुनाव प्रचार अभियानमा सबै जुटौं : देउवा

बिज्ञापन

काठमाडौं, फागुन २५ गते । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा सत्तारुढ गठबन्धनको विरोध नगरेर सबै जुटौं भनेका छन्।

बिज्ञापन

पार्टी कार्यालयमा बसेको पार्टीका शीर्ष नेता र केन्द्रीय सदस्यको बैठकमा उनले गठबन्धनलाई असर पर्ने गरी गतिविधि नगर्न आग्रह गरेका हुन् ।
‘चुनावी प्रचारमा गठबन्धन विरोध कार्य नगर्नुहोला । कांग्रेसको पक्षमा माहोल बनाउनु होला’ सभापति देउवाको भनाइ उधृत गर्दै बैठकमा सहभागी केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।

कांग्रेसले २९ फागुनदेखि एक महिनासम्म देशभर चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ । यस अभियानको अन्तिम तयारीका लागि शीर्ष नेता सहितको बैठक केन्द्रीय कार्यालयमा बसेको छ । बैठकमा केही केन्द्रीय सदस्यले निर्णय प्रक्रियामा आफुहरुलाई समावेश नगरिएको भन्दै शीर्ष नेतृत्वसँग असन्तुष्टि व्यक्त गरेका छन् ।
उक्त अवसरमा यज्ञराज जोशी, नानु बाँस्तोला, रमा पौडेल, सरिता प्रसाईं, गोविन्द भट्टराई लगायतले चुनावी प्रचारमा पार्टीले गर्नुपर्ने कमबारे धारणा राखेका थिए ।

बिज्ञापन