
फागुन ८ काठमाडौ
पूर्व कानुनमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई फेरि केपी शर्मा ओली समूहमा फर्किएका छन् ।
पशुपतिशमशेर जबरालाई लगातार दुईपटक पराजित गरेर ‘राणा शासन’ ढालेको बताउने शेरबहादुर तामाङले कानून मन्त्रालयको जिम्मेवारी पाउनु भएको थियो । तामाङ चुनावमा सिन्धुपाल्चोक-२ बाट निर्वाचित तामाङ नेकपाको केन्द्रीय सदस्य हुन् । पत्नी उषाकला राई प्रदेशसभा सदस्य हुन् । उनलाई ओली समूहले यसअघि केन्द्रीय सदस्य बनाएको छ ।

तामाङको नाम कानूनमन्त्रीमा आउनसाथ न्यायिक क्षेत्रका व्यक्तिहरु उनको प्रोफाइल खोज्न थालेका थिए । मानवशास्त्रमा पीएचडी गरिरहेका तामाङ बार काउन्सिलबाट लाइसेन्स लिएका अधिवक्ता पनि हुनुहुन्छ ।
उचित राजनीति वयवस्थापन नहुने लक्षण देखिएकोले प्रचण्ड-माधव समूहबाट दुवैजना केपी समूहमा फर्किको शेर बहादुर तामाङको पत्नी उषाकलाले बताइन् । ‘हो, हामी फर्कियौं,’ उनले भनि्न,’प्रचण्ड-माधव समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि फर्किएका हौं ।’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि सुरुमा तामाङ दम्पती ओली समूहका बैठकमा सहभागी भए पनि केही दिनमै प्रचण्ड-माधव समूहमा फर्किएका थिए ।
अन्य समाचारहरु
बलात्कार गर्ने ७१ वर्षीय महतारा पक्राउ
उपसभामुखको निर्वाचनमा १० जना अनुपस्थित हुदापनि १६६ मतले रास्वपा कि इन्दिरा रानामगर
इन्द्र चोकमा मेहेन्दी होम सर्बेस भन्दै भिजिटिङ कार्ड बाड्ने को हुन?