सहयोग तथा उदार

श्रद्धाञ्जली तथा सुविधा वितरण कार्यक्रम सम्पन्न

बिज्ञापन

भजनी । किसान बहुउदेश्यीय सहकारी संस्था लि.लघुवित्त कार्यक्रम अन्तरगत भजनी शाखाले यस संस्थाका सुपरिवेक्षण विभाग प्रमुख श्री प्रकाश कुमार जि सी ज्यूको अध्यक्षतामा भजनी नगरपालिका वडा नम्बर ५ कि वडा सदस्य श्री कौशी वि क ज्यूको प्रमुख आथित्यतामा तथा विशिष्ठ अथिति यस संस्थाकी सेयर सदस्य तथा समाजसेवी श्री धनबासी डगौरा ज्यूको उपस्थितिमा श्रर्दान्जली तथा सुविधा वितरण कार्यक्रम सम्पन्न गरियो ।

बिज्ञापन

उक्त कार्यक्रममा यस संस्थामा बचत तथा कर्जा कारोबार गर्दै आउनु भएकी भजनी ५ बेलहा बस्ने केन्द्र नम्बर १०.०५६०.०५.३ सदस्य श्री कल्धरी भण्डारीलाइ श्रीमानको मृत्युपश्चात् उपलब्ध गराइने सदस्य सुरक्षण कार्यक्रम अन्तरगत रु ८००० वितरण गर्नुका साथै सोहि स्थान र केन्द्र नम्बर १०.०५६०.०६.३मा बस्ने स्व.श्री माखी देवी धामीको परिवारलाइ सदस्यको मृत्युपश्चात प्रदान गरिने सदस्य सुरक्षण कार्यक्रम अन्तरगत रु ४४६४६२ सुविधा रकम कार्यक्रमका प्रमुख अथिति तथा सभा अध्यक्षको हातबाट वितरण गरियो.। उक्त कार्यक्रमको संन्चालन यस संस्थाका भजनी शाखा प्रमुख श्री जनकराज ढुङ्गाना ज्यूले गर्नु भएको थियो ..। साथै हाल सम्म यस किसान बहुउदेश्यीय सहकारी संस्था लि. लघुवित्त कार्यक्रम अन्तरगत भजनी शाखा स्थापना कालदेखि हाल सम्म सदस्य सुरक्षण कार्यक्रम अन्तरगत ३७३ जना सदस्यलाइ जम्मा रकम रु ५२९५८४० सुविधा उपलब्ध गराइ सकेको छ ।

बिज्ञापन