बिश्व

श्रीलंकामा संकटकाल घोषणा, प्रधानमन्त्री विक्रमासिंघे कार्यवाहक राष्ट्रपतिमा नियुक्त

बिज्ञापन

कोलम्बो । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले देशमा संकटकालको घोषणा गरेका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेपछि उनलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको संसद्का सभामुखले जानकारी दिएका छन् । 

बिज्ञापन

उनलाई राष्ट्रपति नियुक्त गरेसँगै देशव्यापी विरोध प्रदर्शन सुरु भएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री कार्यालयबाहिर प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । 

राजधानी कोलम्बोसहितको पश्चिमी प्रान्तमा कर्फ्यू लगाइएको छ । यसअघि, राष्ट्रपति राजापाक्षे बिहानै माल्दिभ्सका लागि आफ्नो श्रीमती र दुई सुरक्षा अधिकारीसहित देशबाट भागेर माल्दिभ्स पुगेको समाचार सार्वजनिक भएको थियो ।

बिज्ञापन