
ब्रिजबेन । सिड्नीको भित्री शहरमा भएको दुई समूहबीको झडमा परेर गम्भिर घाइते भएका एकजनाको निधन भएको छ । डार्लिङ्हर्सट होटलबाट सुरक्षाकर्मीले एक व्यक्तिलाई बाहिर निकालेपछि दुई समूहबीच झडप हुँदा २३ वर्षीय इभान्डर टुआलाको टाउकोमा गम्भीर चोट लागेको थियो ।
उपचारका लागि सेन्टभिन्सेन्ट अस्पतालमा लगिएका उनको सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा १० देखि १५ जनाको संलग्नता रहेको प्रहरीले अनुमान गरेको छ । घटनामा संलग्नताको आशंकामा एक १९ वर्षिया र दुई २० वर्षीया पुरुषलाई पक्राउ गरेर झगडाको अभियोगमा अनुसन्धान भैरहेको छ । कथित घातक प्रहारको आरोपमा भने अहिलेसम्म कसैलाई पनि पक्राउ गरेर अभियोग लगाइएको छैन ।
प्रहरीले सर्वसाधारणलाई भिडियो फुटेजको लागि अपिल गर्दै अनुसन्धानमा सहयोग गर्न आह्वान गरेको छ । पहिले एकअर्कालाई नचिनेका युवाको दुई समूहबीच झगडा भएको प्ररम्भिक आँकलनसहित थप अनुसन्धान भैरहेको स्थानीय प्रहरीले जानकारि दिएको छ ।


अन्य समाचारहरु
आत्मदाह अगाडि प्रेम प्रसाद आचार्य सन्तोषले फेसबुकमा लेखेको नोटिस देशको निम्ति अग्रगामी सोचाइ सहितको जस्ताको तस्तै
संसद् भवन अगाडि शरीरमा आगो लगाएका प्रेमप्रसादको उपचारका क्रममा निधन
संसद भवन नजिकै युवक द्वारा आत्मदाहको प्रयास