आस्था /आध्यात्म

७५औँ वार्षिक निरंकारी सन्त समागमको भव्य उद्घाटन

बिज्ञापन

अध्यात्मवाद र मानवताले मात्र मानव पूर्ण बन्न सक्छ : निरंकारी सतगुरु माता सुदीक्षा जी महाराज

बिज्ञापन
समालखा, १७ नोभेम्बर । “अध्यात्मवाद र मानवताबाट मात्रै हामी पूर्ण मानव बन्न सक्छौं” निरंकारी सतगुरु माता सुदीक्षा जी महाराजले ७५औँ वार्षिक निरंकारी सन्त समागमको औपचारिक उद्घाटन गर्दै मानवताको नाममा सन्देश दिँदै  उक्त शब्दहरू व्यक्त गर्नुभएको हो ।
            निरंकारी अध्यात्मस्थल समालखा (हरियाणा) को विशाल मैदानमा चारदिने निरंकारी सन्त समागमको आयोजना गरिएको छ जसमा देश तथा विदेशबाट समाजका विभिन्न तहका लाखौं भक्तजन तथा प्रभु प्रेमी सज्जनहरुको सहभागिता रहेको छ ।
            करिब दुई वर्षपछि आज यहाँ देश-विदेशका भक्तजन तथा सन्तहरुको जमघट भएको सतगुरु माता जीले सन्देशमा बताउनुभयो । किनभने कोभिड महामारीको बेला मानिसबाट मानिस भेट्न सम्भव थिएन । सन्तहरू सदैव मानवताको सेवामा तत्पर रहन्छन् र यसको प्रमाण सन्तहरूले कोभिडको समयमा रक्तदान शिविर, निरंकारी भवनहरूलाई कोभिड केयर सेन्टरमा परिणत गरेर, कोभिड खोपको विशेष शिविर र जरूरतमंदहरूलाई सहयोग गरे ।
            सतगुरु माता जीले कोभिड महामारी बाहेक युद्धको अवस्थाले पनि मानिसको मनमा घृणाको भावना बढाएको भन्दै मानिसबीच पर्खाल बनेको छ, जसलाई प्रेमको पुल बनाएर मात्र भत्काउन सकिने बताउनुभयो । तब मात्र एकताले आत्मीयताको भावना पैदा गर्नेछ र प्रत्येक मानवले शान्तिपूर्ण जीवन जिउन सक्षम हुनेछ ।
            देशको स्वतन्त्रताको अमृत महोत्सवलाई उल्लेख गर्दै सतगुरु माता जीले मिशनले ७५ औँ वार्षिक निरंकारी सन्त समागम पनि मनाउँदै आएको बताइन् । देशको स्वतन्त्रताबाट हामी भौतिक रूपमा स्वतन्त्र भयौं तर आत्माको स्वतन्त्रता भगवानको पहिचानले मात्र सम्भव छ । तब मात्र मानवीय गुणले भरिपूर्ण जीवन सही अर्थमा जिउन सकिन्छ र मुक्ति पनि पाउन सकिन्छ ।
            यसअघि आज दिउँसो सतगुरु माता सुदीक्षा जी महाराज र उहाँका श्रीमान् राजपिता रमित जीलाई समागम स्थलमा पुग्दा समागम समन्वय समितिका सदस्यहरूले फूलको गुच्छा दिएर न्यानो स्वागत गरेका थिए । फूलले सजाइएको पालकीमा बसेर । यस अवसरमा दिव्य जोडीलाई आफ्नो उपस्थितिमा पाएपछि भक्तजनहरु हर्षोल्लासका साथ आखाँबाट हर्षका आँसु बगेका थिए । जयघोषको दिव्य स्वर सभा हलमा गुन्जियो । यस्तो अद्भुत दिव्य वातावरण जताततै फैलिरहेको थियो र हरेक भक्तले यस भक्तिमय वातावरणमा भिजेको आनन्द महसुस गरिरहेका थिए । समागम पण्डलमा उपस्थित लाखौं भक्तजनले दिव्य जोडीलाई श्रद्धापूर्वक अभिवादन गरेका थिए । भक्तहरूको अभिवादन स्वीकार गर्दै दम्पतीले सबै भक्तहरूलाई मिठो मुस्कानले आशीर्वाद दिए।
सेवा दल र्‍याली
            निरंकारी सन्त समागमको इतिहासमा यो पहिलो पटक पूरै दिन सेवा दललाई समर्पित गरिएको थियो । यसै अन्तर्गत १६ नोभेम्बर, बुधबार सेवादलले रंगारंग र्‍यालीको आयोजना गरेको थियो, जसमा सहभागीहरुले शारीरिक व्यायाम, खेलकुद, मानवीय टावर, मल्लखाम्ब जस्ता करतब देखाएका थिए । यस बाहेक कार्यक्रमको मुख्य बिषयमा वक्ता, गीतकार र कविहरुले मन्तव्य राखेका थिए । ‘अध्यात्म र मानवता’ मा आधारित विभिन्न कार्यक्रम प्रस्तुत गरेका थिए जसमा प्रवचन, कविता, ‘सम्पूर्ण अवतार बाणी’ ‘सम्पूर्ण अवतार बाणी’ का पवित्र वचन गायन, सामूहिक गीत र स्किट्स समावेश थिए । 

         सेवादलको र्‍यालीमा सहभागी स्वयं सेवकहरूलाई आफ्नो पवित्र आशीर्वाद दिँदै सतगुरु माता जीले सेवाको भावनाका साथ गरिने सेवालाई यथार्थमा सेवा भनिन्छ । सेवा गर्ने अवसर केवल अनुग्रह हो, यो अधिकार होइन। सेवा ठूलो वा सानो छैन। सेवाबाट सहजै सुन्दर जीवन जिउने कला प्राप्त हुन्छ । सेवा तपाईको व्यक्तित्व निखार्नको लागि एउटा सुन्दर माध्यम हो । जब सेवा गर्ने भक्तले सबैमा ब्रह्माण्डको रचयिताको स्वरूप देखेर आफ्नो कर्तव्य गर्दछ, तब उसको प्रत्येक कर्म सेवा बन्छ ।

बिज्ञापन