राष्ट्रिय समाचार

सामाजिक सञ्जालमा भाइरल म्यादी प्रहरी पक्राउ

बिज्ञापन

कपिलवस्तु । पदको दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत् अपराध गर्न उक्साएको भन्दै म्यादी प्रहरी नवराज रेग्मी पक्राउ परेका छन् ।
सामाजिक सञ्जालमार्तफ् कानुनले बर्जित गरेका कुराहरु गर्दै केही दिनदेखि उनी भाइरल बनेका थिए । उनको भिडियो भाइरल भएपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको कपिलवस्तुका जिल्ला प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार म्यादी प्रहरी रेग्मीलाई अभद्र व्यवहार गरेको कसुरमा मुद्द चलाइने छ ।

’निज नवराज रेग्मीलाई मंगलबार नै नियन्त्रणमा लिएका हौं । अभद्र व्यवहार कसुरमा मुद्दा चलाउने तयारी छ,’ एसपी कार्कीले भने । केही दिनअघि म्यादी प्रहरीको पहिरनमा टिकटक बनाएकी एक युवतीलाई प्रहरीले कारबाही गरेको थियो ।

बिज्ञापन
बिज्ञापन