राजनीति

‘अखण्ड भारत’को नक्साबारे रास्वपाले भन्यो– प्रधानमन्त्रीले यो विषय उठाउनुपर्छ

बिज्ञापन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै जारी भएको ‘अखण्ड भारत’को नक्साको विषय उठाउनुपर्ने माग गरेको छ ।

पार्टीका प्रवक्ता डा मुकुल ढकालले आज एक विज्ञीपत जारी गर्दै विषय उठान गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् ।

‘आसन्न भारत भ्रमणको क्रममा यो विषय उठान गरी जनतासमक्ष यसको सत्यतथ्य सार्वजनिक गर्न हामी जोडदार माग गर्दछौँ,’ विज्ञीपतमा भनिएको छ ।

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकुल हुने कुनै पनि कदम रास्वपालाई स्वीकार्य नभएको ढकालको भनाइ छ ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन