विज्ञापन

कोलम्बो । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमासिंघेले सपथ लिएका छन् ।
विज्ञापन

६ पटक प्रधानमन्त्री बनेका रनिलले राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा बिहीबार पद तथा गोपनियताको सपथ लिएका हुन् । उनलाई प्रधानन्यायाधीश जयन्थ जयसूर्याले सपथ ग्रहण गराएका हुन् ।
सपथ ग्रहण समारोहमा श्रीलंकाका प्रहरी प्रमुख र उच्च सैन्य अधिकारीहरू सहभागी थिए ।
यसैबीच, संकट व्यवस्थापन गर्न श्रीलंकामा मिलिजुली सरकार गठनको प्रयास भइरहेको जनाइएको छ ।
विक्रमासिंघेले आफ्ना सहपाठी तथा पूर्वसार्वजनिक प्रशासन मन्त्री दिनेश गुणवर्देनालाई मिलिजुली सरकारमा प्रधानमन्त्री बन्न आमन्त्रित गर्ने अपेक्षा गरिएको छ ।
विज्ञापन

अन्य समाचारहरु
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले कुमारी बाट थापे विशेष रक्षा बन्धन
विश्वमै आर्थिक मन्दीको खतरा, अमेरिकाको शक्ति खाेस्दै एसिया
श्रीलंकाका नयाँ प्रधानमन्त्रीमा दिनेश गुणवर्द्धना नियुक्त