घटना समाचार

सेतिमा उपचाररत युवतिकाे मृत्यु, चिकित्सककाे कमजाेरीले मृत्यु भएकाे आफन्तकाे आराेप

बिज्ञापन

धनगढी  । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक युवतिको मृत्यु भएको छ ।कैलालीको चुरे गाउपालिका वडा नम्बर ३ कि ३५ वर्षिया झरना थापा मगरको उपचारका क्रममा मृत्यु भएको हो ।

बिज्ञापन

चैत १ गते पाठेघरमा समस्या देखिएपछि अस्पतालमा भर्ना भएकी उनको शुक्रबार मृत्यु भएको जनाईएको छ ।
अप्रेसनका क्रममा उनको मृत्यु भएपछि आफन्तहरूले चिकित्सकको कमजोरीका कारण मृत्यु भएको आरोप लगाएका छन् ।

वडा नम्बर ३ का निवर्तमान वडा अध्यक्ष टेकबहादुर शाहले विरामीको शरीरमा रगतको मात्रा कम हुँदा पनि चिकित्सकले अप्रेसन गरेको छ । जसका कारण विरामीको मृत्यु भयो । उनका अनुसार विरामी युवती भर्ना हुँदा शरिरमा १३ पिन्ट रगतको मात्रा थियो तर, अप्रेसनका क्रममा शरिरमा ५ पिन्टमात्र थियो । तैपनि चिकित्सकले अप्रेसन गरेको छ ।

युवतिको अप्रेसन डाक्टर जगदिश चन्द्र विष्टले गरेका हुन् । उपचारमा संलग्न डाक्टर विष्टले अप्रेसनकै कारण विरामीको मृत्यु नभएको बताए । उनका अनुसार मृतक युवतिको पाठेघरबाट रगत बगेको देखिदैन् । अन्यत्रबाट बगेको थाहा भएन । विरामीमा अन्य रोगको समस्याले मृत्यु भएको हुन सक्छ । जुन रोगबारे थाहा थिएन । तर, अप्रेसनकै कारण मृत्यु भएको होईन ।

बिज्ञापन