राजनीति

राइट टु रिजेक्टको व्यवस्था नेपालमा पनि लागू हुनुपर्छ : प्रदीप पौडेल

बिज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले निर्वाचनमा राइट टु रिजेक्टको व्यवस्था नेपालमा पनि लागू हुनुपर्ने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा पौडेलले संसारमा रहेको राइट टु रिजेक्टको व्यवस्था नेपालमा पनि लागू हुनुपर्ने बताएका हुन् ।

मतदाताले पाँच वर्षका लागि चुनेर पठाएको जनप्रतिनिधिले सो अवधिमा गलत काम गरे उनलाई दिएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था नेपालमा हुनुपर्ने उनले बताए । त्यसका लागि नागरिक अगुवा सम्मिलित समिति गठन गर्नुपर्नेमा आफूहरूको जोड रहेको पौडलको भनाई छ । पौडेलले अहिले राजनीतिप्रति विश्वास जनाउनुपर्ने भन्दै परम्परागत नेतृत्वलाई विस्थापित गर्नुपर्ने धारणा राखे ।

बिज्ञापन
बिज्ञापन