मनोरञ्न

फिल्म जारीले २१ दिनमा १५ करोड कमाए, अरुले व्यापार गर्न सकेन

बिज्ञापन

काठमाडौं–चलचित्र भवनमा ४ नेपाली चलचित्र प्रदर्शनरत छ । यही वैशाख १ गतेदेखि प्रदर्शन भइरहेको ‘जारी’ कै व्यापार अन्यको तुलनामा उच्च छ । चलचित्र विकास बोर्डमा बक्स अफिसको विवरण अनुसार प्रदर्शनको २१ दिन पार गर्दा ‘जारी’ ले १५ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । शुक्रबार र शनिबार हुने व्यापारको संकेतसमेत अन्य चलचित्रको तुलनामा ‘जारी’ कै राम्रो छ ।

वैशाख १५ गतेदेखि प्रदर्शनरत ‘प्रसाद २’ र ‘नाईं नभन्नु ल ६’ को सो संख्या घट्नाका साथै दर्शक पनि घटेका छन् । प्रदर्शनको एक साता पार गर्दा ‘नाईं नभन्नु ल ६’ ले २५ लाख रुपैयाँ र ‘प्रसाद २’ ले ७० लाख रुपैयाँको व्यापार गर्न सफल भएको छ ।

उल्लिखित विवरणमा १८ प्रतिशत कर कट्टा गरी प्राप्त रकम चलचित्र भवन र वितरकले सहमतिअनुसार भागबन्डा लगाउने गर्दछन् ।

यस्तै वैशाख २१ गतेदेखि प्रदर्शनरत चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’ ले दुई दिनमा २० लाख रुपैयाँको हाराहारीका व्यापार गरेको छ ।

बिज्ञापन

नयाँ वर्षपछि प्रदर्शनमा ल्याइएका अन्य चलचित्र पनि दर्शकको रोजाइमा पर्न नसकेको व्यापारले स्पष्ट पारेको छ । चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीले चलचित्र ‘जारी’ को व्यापारलाई पुष्टि गरे । ‘जारीले गरिरहेको व्यापारलाई मध्यनजर गर्ने हो भने यसको व्यावसायिक अंक अझै बढ्ने देखिन्छ, अन्य चलचित्रको व्यापार सार्वजनिक भएका विवरणकै आसपासमा छ’, बोर्डका सदस्य अधिकारीले भने ।  

बिज्ञापन
बिज्ञापन