घटना समाचार

बझाङमा  भीरबाट लडेर एक महिलाको मृत्यु

बिज्ञापन

बझाङ । बझाङमा भत्ता बुझ्न गएकी महिलाको भीरबाट लडेर मृत्यु भएको छ। जिल्लाको बुङ्गल नगरपालिका–१० खेताचाल डौड की ५४ वर्षीया रत्ना देवी बागको भीरबाट लडेर घटना स्थलमै मृत्यु भएको हो।

बुधबार साँझ ५ बजेको समयमा बुङ्गल नगरपालिका–४ झापामा रहेको कृषि विकास बैंकबाट नाती नातिनीको सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किनेक्रममा घर नजिकैको माझापड भन्ने ठाउँबाट करिब १ सय मिटर तल लडेर घटना स्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
 

बिज्ञापन
बिज्ञापन