अनौठो

६ वर्षमै भए विश्वकै कान्छा अर्बपति

बिज्ञापन

एजेन्सी । सुन्दा अचम्म लाग्ला तर यो सत्य हो । ६ वर्षमै एक साना बालक विश्वकै कान्छा अर्बपति भएका छन् । ६ वर्षको बच्चासंग के होला ? कपडा, क्रिकेट किट, भिडियो गेम, खेलौना, किताबहरू, रंगीन पुस्तकहरू र थप केही खेलौना त होला।

बिज्ञापन

तपाईको यो अनुमान सही छैन । संसारमा यस्तो ६ वर्षको बच्चा छ जससँग बंगला, कार, जेट सबै छ । संसारको सबैभन्दा कान्छो अर्बपति बच्चा नाइजेरियाका मोहम्मद अवल मुस्तफा विश्वकै कान्छो अर्बपति हुन् ।

२mयmउजबवलच नामको इन्स्टाग्राममा यो बच्चाको खाता देखेर ठूला धनी पनि छक्क पर्छन् । अवल मुस्तफासँग अति महँगो गाडी मात्र हैन एउटा निजी जेट पनि छ । यति मात्र होइन, ६ वर्षको उमेरमा खरिद गरेको उनको आफ्नै बंगला छ । मिडिया रिपोर्टका अनुसार अवल मुस्तफा नाइजेरियाका धनी सेलिब्रेटी इस्माइलिया मुस्तफाका छोरा हुन्।

यी बालकको इन्स्टाग्राममा ३० हजारभन्दा बढी फलोअर्स छन् । सन् २०१८ मा मोम्फा सिनियरले मोम्फा जूनियरलाई उनको ६औं जन्मदिनमा एउटा घर उपहार दिए । जुन उनकै नाममा पास गरियो ।

अवल मुस्तफाको इन्स्टाग्राम हेर्नुभयो भने हरेक पोष्टले समृद्धि झल्काउँछ । मुस्तफाको उमेरमा हामी खेलौनालाई लिएर पक्कै झगडा गर्थियौँ । अहिलेका बच्चाहरुकोपनि जीवन यही न हो । तर उनी आफ्नै घरमा सुखसयलको जीवन बिताइरहेका छन् । उनी अहिले विश्वकै कान्छो अर्बपतिको रुपमा परिचित छन् ।

बिज्ञापन