विज्ञापन

धनगढी । यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता चैत ६ गतेदेखि धनगढीमा सुरु हुने भएको छ ।
चैत ११ गतेसम्म संचालन हुने प्रतियोगितामा ७ टोली सहभागी हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
सो प्रतियोगिता आगामी मे–जुनमा हुने आईसीसी यू–१९ महिला एसिया कप छनोटका लागि खेलाडी छनोट गर्ने प्रतियोगिताको रुपमा समेत रहेको छ ।
विज्ञापन

प्रतियोगितामा सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश,लुम्बिनी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को सहभागिता रहेको छ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
अन्य समाचारहरु
टीकापुरमा तेस्रो राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता शुरु
दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई सुदूरपश्चिम सरकारले सम्मान गर्ने
रोनाल्डो पोर्चुगलको राष्ट्रिय टिममा समावेश