राष्ट्रिय समाचार

प्रदेशसभाका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

बिज्ञापन

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेशसभाका उम्मेदवारले क्षेत्रगत खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ । निर्वाचन खर्चिलो बन्दै गएको अवस्थामा आयोगले दल तथा उम्मेदवारका लागि खर्चको अधिकतम सीमा तोकेको हो ।

निर्वाचन आयोगले प्रदेशसभाका उम्मेदवारले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फ फरक–फरक खर्च सीमा निर्धारण गरेको हो । आयोगले निर्वाचन क्षेत्रको आधारमा अधिकतम १५ लाखदेखि २३ लाखसम्म खर्चको मापदण्ड निर्धारण गरेको छ ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यले गर्न पाउने खर्चको फरक–फरक सीमा निर्धारण गरेलगत्तै प्रदेशसभातर्फको क्षेत्रगत फरक–फरक खर्चको सीमा निर्धारण गरिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिएका छन् ।

बिज्ञापन
बिज्ञापन