राजनीति

सत्ता गठबन्धन दल कांग्रेसले ईमान्दारिता देखाउन जरुरी छ : नेता कुवर

बिज्ञापन

अछाम । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) चौरपाटी गाउँपालिका संगठन कमिटीको प्रथम भेला सम्पन्न भएको छ । गाउँपालिका संगठन कमिटीका अध्यक्ष रामबहादुर साउदको अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रिय सदस्य, सुदुरपश्चिम् कमिटी उपाध्यक्ष शेर बहादुर कुँवर रहनुभएको थियो ।

भेलालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य कुँवरले नेकपा एमाले विभाजित हुँदा इमान्दार, सिद्धान्तनिष्ट र क्षमतावान नेता कार्यकर्ताहरुले एकिकृत समाजवादी तर्फ लाग्नुपर्ने वताउनु भयो । उहाँले केपी ओलि दलाल, व्यापारी र भ्रष्टलाई मात्र संरक्षण दिने पार्टी भएकाले सच्चा कम्युनिष्ट पार्टी समाजवादी पार्टीमा लाग्नु पर्नेमा जोड दिनुभयो ।
केन्द्रिय सदस्य कुँवरले दुई तिहाइ बहुमत कम्युनिष्ट सरकार केपि ओलिको अहकारी सोचकका कारण अन्त्य भएको बताउनुभयो । केन्द्रिय सदस्य कुँवरले केपी शर्मा ओली भ्रष्ट, दलाल र बिचौलियाका मात्र संरक्षक भएको आरोप लगाउनुभयो ।

सत्ता गठबन्धनमा नेपालि कांग्रेश पार्टीले ईमान्दारिता देखाउन पर्नेमा जोड दिनुभयो । उहाँले आगामी स्थानीय तहको निर्वाचनमा भागवण्डा गर्दा सबै पार्टी अस्तित्वमा स्वीकार्नु पर्नमा जोड दिनुभयो । कांग्रेसले ठुलो पार्टी भनेर दम्भ देखाएमा त्यसको ठुलो मुल्य चुकाउनु पर्नेमा जोड दिनुभयो ।

बैशाख महिना आउन अझै बाकी रहेको बताउदै कुवरले अस्तित्व जोगाउने भएर सोचेर अघि बढ्नको लागि सुझाव दिनुभयो । भेलामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी अध्यक्ष हिरिण्ड भट्टराईले अछामको कम्युनिष्ट आन्दोलन हिजो आज र भोलि पनि शेरबहादुर कुँवरको नेतृत्व अधि बढ्ने बताउनुभयो ।

बिज्ञापन

अछाममा कम्युनिष्ट पार्टीको संगठन निर्माणमा पार्टीका केन्द्रिय सदस्य कुँवरको भुमिकाले अछाममा कम्युनिष्ट किल्ला भएको दाबी गर्नुभयो । वामगठबन्धनको बाधक एमाले नै भएको बताउनुभयो । उहाँले समाजवादी पार्टीले चैत १२ गते कार्यगत एकताको लागि निर्णय गरेपनी एमालेका साथीहरू कुनै छ्लफल नगरेको उहाँको भनाई रहेको छ ।

अहिले आएर हार्ने डरले वामगठबन्धन एक हुनु पर्ने भन्नुको कुनै तर्क नरहेको अध्यक्ष भट्टराईको भनाई रहेको छ । भेलामा सहभागी गाउँपालिका संगठन कमिटी ईन्चार्ज हर्कबहादुर साउदले चौरपाटीमा एकीकृत समाजवादीको संगठन मजबुत रहेको बताउनुभयो गाउँगाउँमा जनताको लहर समाजवादी पार्टीमा लहर बढेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष समेत रहेका साउदले जनतामाझ एकीकृत समाजवादी पार्टीले गरेका कामले आगामी चुनावमा जित्ने दाबी गर्नुभयो । आफू नेतृत्वको गाउँपालिकाको सरकारले बिकास निर्माणको जग बसालेको दाबी गर्नुभयो ।

बिज्ञापन
बिज्ञापन