National Election

संसारमा शान्ति र प्रेम फैलाउँदै जाऔं– सत्गुरु माता सुदीक्षा जी महाराज

बिज्ञापन

समालखा (हरियाणा), ४ मंसिर । ‘स्वयंलाई शान्ति एवं प्रेमको स्वरुप बनाउँदै सम्पूर्ण संसारमा यी दिव्य भावलाई फैलाउँदै जाऔं ।’ उक्त कुरा निरंकारी सत्गुरु माता सुदीक्षा जी महाराजले ७५औं वार्षिक निरंकारी सन्त समागमको समापन सत्रमा भारत र विदेशबाट लाखौंको संख्यामा सहभागि भएका विशाल मानव परिवारलाई सम्बोधन गर्दै व्यक्त गर्नुभएको हो ।

सत्गुरु माता सुदीक्षा जी महाराजको आशीर्वचनद्वारा प्रेम, शान्ति र मानवताको ईश्वरीय सन्देश फैलाउँदै पाँचदिने जमघट आज सफलतापूर्वक सम्पन्न भएको छ । समागमको बीच सन्त निरंकारी धार्मिक स्थलको आँगन श्रद्धा, भक्ति, प्रेमको उज्यालोले झिलिमिली भएको थियो । अध्यात्मको यस पवित्र र सुन्दर पर्वमा पक्कै पनि हरेक भक्तको हृदय हर्षले भरिएको थियो । कार्यक्रममा उपस्थित भक्तजनहरुको अनुहारमा शान्ति, सन्तुष्टि र खुशीको ज्योति झल्किरहेको थियो ।

शान्ति एवं अमनको सन्देशको महत्व बताउँदै सत्गुरु माता जीले भन्नुभयो कि यो सन्देश अरूलाई दिनुअघि हामीले आफ्नो जीवनमा आत्मसात गर्नुपर्ने बताउनुभयो । कसैप्रति शत्रुता, ईष्र्या नराखी सबैप्रति सहिष्णुता र नम्रता जस्ता गुणहरू अंगालेर सबैका लागि प्रेरणाको स्रोत बन्नु पर्दछ ।

गान्धी ग्लोबल परिवारद्वारा प्रदान गरिएको वल्र्ड एम्बेसेडर अफ पिस अवार्डप्रति आफ्नो भावना व्यक्त गर्दै सत्गुरु माता जीले यो उपलब्धि यिनै सन्तहरूको वरदान हो, जसले यो एक ईश्वरलाई चिनेर एकताको धागोमा बाँधिएका छन् । जबसम्म हामी यस परमात्माको पहिचानबाट अनभिज्ञ थियौं, तबसम्म हामी सबै एक अर्काबाट अलग थियौं । तर जब ब्रम्हज्ञानको ज्ञानद्वारा हामी सबै यस परमपिताका सन्तान हौं, उहाँको अंश हौं भन्ने थाहा भयो, तब हाम्रो हृदयमा परोपकारका दिव्य गुणहरु समावेश हुनगयो । मिशनको शान्ति र एकताको पवित्र छवि विश्वमा रहिरह्यो, यसमा मिसनका प्रत्येक सन्तको अमूल्य योगदान रहेको छ ।

बिज्ञापन

यसअघि समागम समितिका संयोजक तथा सन्त निरंकारी मण्डलका सचिव श्री जोगिन्दर सुखिजा जीले सत्गुरु माता सुदीक्षा जी महाराज तथा निरंकारी राजपिता रमित जी प्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको थियो जसको कृपाले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो । साथै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सरकारी निकाय र प्रशासनलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

समागमको अवसरमा तीन भागमा भक्तजनहरुलाई समागमको इतिहास झल्कने श्रव्य दृश्य वृत्तचित्र देखाइएको थियो । वृत्तचित्रले समागमको ७५ वर्षको गौरवशाली इतिहासमाथि प्रकाश पारिएको थियो र समागमको ढाँचा सुरुमा कस्तो थियो र अहिले कसरी विस्तार भइरहेको छ भनेर देखाइएको थियो । यसको साथै यस वृत्तचित्र मार्फत मिसनका पूर्व गुरु तथा सन्तहरूले गरेको अमूल्य योगदानलाई पनि देखाइएको थियो, जसलाई हेरेर उपस्थित सबै भक्तजनहरू निकै प्रभावित भएका थिए ।

६ सय एकड क्षेत्रफलमा फैलिएको सन्त निरंकारी धार्मिक स्थलको फराकिलो मैदानमा कार्यक्रम आयोजना गरिएको थियो । समागम सम्बन्धी विभिन्न सेवा गर्नका लागि मण्डलका विभिन्न विभागका सेवादारका साथै सेवादलका करिब १ लाख ५० हजार दाजुभाइ तथा दिदीबहिनीहरुले समागम स्थलमा सेवा प्रदान गर्दै आएका थिए ।

स्वास्थ्य सेवा अन्तरगत समागम स्थलमा ५ एलोप्याथिक र ४ होमियोप्याथिक औषधालय रहेका थिए । यस बाहेक १४ वटा प्राथमिक उपचार केन्द्र, १ काइरोप्राक्टिक चिकित्सा प्रणाली शिविर र ४ वटा एक्युप्रेसर÷फिजियोथेरापी सुविधा केन्द्रहरु बनाइएको थियो । कार्यक्रम स्थलमा मण्डलबाट १२ र हरियाणा सरकारबाट २० वटा एम्बुलेन्सको व्यवस्था गरिएको थियो ।

समागममा सुरक्षा व्यवस्थाका लागि हरियाणा सरकारको सहयोगमा ५० वटा चेकपोष्ट बनाइएको थियो । यसको साथै मिशनका सेवादारहरूले ट्राफिक नियन्त्रणको सेवामा दिनरात खटिएका थिए । समागममा ट्राफिक व्यवस्थापनका लागि प्रशासन र भारतीय रेलवेले नियमित आवतजावतका लागि दिल्लीको आनन्द विहार, हजरत निजामुद्दीन र पुरानो दिल्ली रेलवे स्टेशनहरूमा भक्तहरूलाई उचित सुविधा उपलब्ध गराएको थियो । सामान्य दिनमा नरोकिने रेललाई समागमस्थल नजिकैको भोडवल माजरी रेलवे स्टेशनमा रोक्ने व्यवस्था रेल प्रशासनले गरेको थियो ।

समागमका लागि आएका सबै भक्तजनका लागि समागमको चारै वटै मैदानमा लंगरको उचित व्यवस्था गरिएको थियो । यस बाहेक कार्यक्रम स्थलमा २२ वटा क्यान्टिनको व्यवस्था गरिएको थियो जसमा चिया, कफी, सफ्ट ड्रिंक लगायतका खानेकुरा सहुलियत मूल्यमा उपलब्ध गराइएको थियो ।

समागम स्थलको सरसफाइमा विशेष ध्यान दिईएको थियो, जसमा प्लाष्टिकको नभई स्टिलको थालमा मात्रै लंगर खुवाईएको थियो ताकि वातावरणको शुद्धता र सरसफाईमा कुनै हानी नहोस् र समागमको सुन्दर स्वरुप बनिरहोस रहोस ।

बिज्ञापन
बिज्ञापन