विज्ञापन

धनगढी । सुदूरपश्चिम प्रदेशमा एक सिट रहेको जनता समाजवादी पार्टीले सत्तारुढ गठवन्धनबाट बाहिरिने भएको छ ।
पाँच दलीय गठबन्धन मध्येको एक दल जसपाले सुदूरपश्चिम प्रदेश सरकारमा आफ्नो पार्टीलाई विभेद गरेको भन्दै गठबन्धनमा रहनुको अर्थ नरहने बताएको हो ।
विज्ञापन

शुक्रवार सरकार पुनर्गठन हुँदा कांग्रेसका दुई मन्त्री र एक राज्य मन्त्री थपिदा जसपालाई सहभागी नगराएको भन्दै उनीहरू रुष्ट भएका हुन् ।
यस अघि सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी र एकीकृत समाजवादी पार्टीको सहभागिता रहेको थियो ।
कांग्रेसले सरकारमा सहभागी नगराए गठबन्धन नहुने भन्दै आए पनि कांग्रेसका दुई मन्त्री एक राज्य मन्त्री थपिएका हुन् । तर, जसपालाई वास्ता नगरेको भन्दै गठबन्धन आजै तोड्ने स्रोतको दाबी छ ।
अन्य समाचारहरु
जसपाको विधान अधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै
जनता क्याम्पसमा समाजवादीनिकट अनेरास्ववियुका यावद बिजयी
सुर्खेतका ३ क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी