सहयोग तथा उदारस्वास्थ तथा सरसफाइ

सुदुर पश्चिम मेडिकल कलेजको भवन बन्यो होल्डिङ सेन्टर

बिज्ञापन

बैशाख २१कैलाली
सुदुर पश्चिम प्रदेश कैलालीको गेटामा निर्माणाधीन रहेको मेडिकल कलेजको भवनलाई आइसोलेसन तथा होल्डिङ सेन्टरसको सुरुवात गरेको छ।

बिज्ञापन

संघीय सरकारले सात वटै प्रदेश बाट फोकल मन्त्री तोके लगत्तै मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिको आह्वानमा सोमबार गेटामा संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्टको अध्यक्षतामा बसेको बैठकबाट तयारी सुरु गरेका थियो।

बैठकमै मन्त्री भट्टले आइसोलेसन व्यवस्थापनको लागि गेटामा तत्काल विद्युत जडान, खानेपानी व्यवस्थापन, स्वास्थ्य सामग्री तथा उपकरण व्यवस्थापनको लागि निर्देशन दिएका थिए।

सुदुर पश्चिम प्रदेशको जिम्मेवारी पाएका उद्योग मन्त्री लेखराज भट्टको नेतृत्वमा २ हजार क्षमताको होल्डिङ सहितको आइसोलेशन सेन्टर सेन्टरको सुरुवात गरेको हो।
उक्त भवनको सरसफाइ देखी अपुग कुराको सहजीकरणमा नेपाली सेनाको टोली खटेको छ।

देश भर कोभिड-१९ को नयाँ भेरियन्टले चौतर्फी सबै उमेरका हरुको ज्यान जान थालेपछि महामारीले थप भयानक रुप लिन सक्ने भएकोले सुदुर पश्चिममा ३०बैशाख सम्म लक्डाउन पनि थपिएको छ। दक्षिणी सिमा भारत संग जोडिएका नाका हरु रहेको नेपाल-भारत आवागमन गर्ने हरुको संख्या अन्य प्रदेश हरु भन्दा धेरै रहेकोले उचित वयवस्था पनका निम्ति निर्माणाधिन मेडिकल कलेजलाई होल्डिङ सेन्टरको रुपमा सुरु गर्ने निर्णय गरिएको थियो ।

संक्रमणको तिब्रता देखिएकोले धनगढीस्थित सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा ५५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ५५ शय्याको कोरोना अस्पताल बिरामीले भरिएको छ।

बिज्ञापन

Leave a Reply