24/09/2021

मालिका समाचार

देशको ऐना

सुदुरपश्चिम प्रदेशमा ४ दल दुई दुई बराबरको हैसियतमा

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

टीकापुर,२० भदौ सुदुरपश्चिम प्रदेशमा प्रदेश सांसदको संख्याका हिसाबले ४वटा दल दुई दुई बराबरको हैसियतमा रहेका छन।

नेकपा एमाले बाट बाहिर भएका माधव नेपाल नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी ) पार्टीको पक्षमा सनाखत गर्न १३ जना सांसद हरु उपस्थित भए संगै नेकपा (एस) र माओवादी केन्द्रको प्रदेशमा बराबरको हैसियत पुगेको छ ।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

त्यसैगरी नेकपा एमालेमा अब १२ जना सांसद हरु छन भने नेपाली काङ्ग्रेसका पनि १२ जना सांसद रहेका छ्न नेकपा एमाले बाट बाहिर भएर (एस) बनेको पार्टीमा यसअघि खुलेका १० जना सांसद हरुमा पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अमरबहादुर साउद, चुनकुमारी चौधरी, कुलवीर चौधरी, सुशिला बुढाथोकी, दुर्गा कामी र माया भट्ट रहेका थिए भने पछिल्लो समय थप ३ जना दीर्घ शोडारी ,तारामान लामा तामाङ र प्रकाश रावल नेकपा एस सुदुर पश्चिम प्रदेशमा माओवादी केन्द्र बराबरको हैसियत बनेको हो।

विज्ञापन