सुर्खेत । त्रिभुवन विश्वविध्यालय अन्तर्गत सुर्खेतका ३ वटा क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।
विज्ञापन

सिम्ता गाउँपालिकामा रहेको सिम्ता बहुमुखी क्याम्पसमा अनेरास्ववियुका घनश्याम रेग्मीको पुरै प्यानल विजयी भएको हो ।
रेग्मीले प्रतिद्वन्द्वी नेविसंघका खगेन्द्र सापकोटा लाई ८ मतको अन्तरले पराजित गरेका हुन् ।
विज्ञापन

यस्तै, वीरेन्द्रनगरमा रहेको अमरदीप क्याम्पसमा अनुपम ढकालको पुरै प्यानल विजयी भएको छ ।
त्यस्तै, हिम शिखर बहुमखी क्यामपस रामघाट पनि अनेरास्ववियुकी सृजना रसायलीको नेतृत्वमा निर्विरोधरुपमा स्ववियुको नेतृत्व चयन भएको छ ।
यस्तै, सुर्खेत बहुमुखी क्यामपसको मतदान सम्पन्न भएको छ भने मतगणना भोली मात्र हुने क्याम्पस प्रमुख माधव खनालले जानकारी दिए ।
अन्य समाचारहरु
राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकतासम्बन्धि ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
देउवाले गरेका एकलौटी निर्णय अब मानिँदैन : महामन्त्री थापा
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन चीन सहयोग गर्न तयार छ: अग्नि सापकोटा