घटना समाचार

माइक्रोबस दुर्घटना हुदा ४को मृत्यु

बिज्ञापन

काठमाडौं ,सुर्खेतमा माइक्रोबस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएकोछ भने एक जना घाइते भएका छन् ।

आज बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ आउदै गरेको बा.प्र.०१०२६च ९२१३ नं.को माइक्रो डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर-१को झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना भएको छ

उक्त दुर्घटनामा गाडी चालक वीरेन्द्रनगर वडा नम्बर ७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका वडा नम्बर ५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका वडानम्बर ५ का ३१ वर्षीय बबिन शाही तथा दैलेख गुराँस गाउँपालिका वडानम्बर ३ का ३६ वर्षीय राजेन्द्र बि.सीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले बताए ।

दुर्घटनापछि प्रहरीले उनीहरूलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याइएको पछी अस्पतालमा तीन जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए।
थप एकजनाको उपचारका क्रममा मृत्यु भएको पनि प्रवक्ता कार्कीले बताए ।

बिज्ञापन

घाइते अवस्थामा रहेका दैलेख भैरवी गाउँपालिका वडा नम्बर ५ का वीरेन्द्रराज शाहीको उपचार भइरहेको छ । छातीमा चोट लागेका उनी बोल्ने सक्छन् ।

दुर्घटना भएको माइक्रो बस लगभग ८० मिटर तल खसेको छ । गाडीमा कुल पाँच जना यात्रा गरिरहेका थिए ।

बिज्ञापन
बिज्ञापन