राजनीति

सुर्खेतमा प्रचण्डमाथि ढुङ्गा प्रहारको हल्ला कति सत्य ?

बिज्ञापन

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का पार्टी अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड) शुक्रबार बिहान वुद्ध एयरको विमान मार्फत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आए । उनी सुर्खेत आउनुको एउटै उदेश्य एमसीसी पासपछि पार्टी भित्र देखिएको मतभेदलाई मत्थर पार्नु हो । पार्टीको कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोन्धनमार्फत एमसीसी बारे प्रदेशसहित तलका पदाधिकारीहरुलाई स्पष्ट पार्ने र जनतालाई बुझाएर नेताहरुलाई गाउँ पठाउने प्रचण्डको रणनीति थियो ।

बिज्ञापन


व्यस्त कार्यतालिका लिएर सुर्खेत आएका प्रचण्डले विमानस्थलमै पत्रकार सम्मेलन गरेर एमसीसी, गठबन्धन र आगामी चुनावका बारे जानकारी गराए । झण्डै आधा घण्टा प्रचण्डले विमानस्थलमै पत्रकारहरुका सवालको जवाफ दिए । तर प्रचण्ड सुर्खेतमा नआउँदै विमानस्थलदेखी कार्यक्रम स्थलसम्म सुरक्षा व्यवस्था कडा पारिसकिएको थियो । कारण, एमसीसी पासपछि हुन सक्ने सम्भावित घटना रोक्न सादा पोशाकदेखि पोशाकसहितका नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति गराइएको थियो ।

विमानस्थलबाट पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको वीरेन्द्रनगरस्थित गुरुङ चोक नजिकै पार्टीका नेताहरुसँगै प्रचण्डले सामुहिक खाना खाएका थिए । शाही निवासमा प्रचण्ड खाना खान नजादै अघिदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको थियो । शाही निवासमा खाना खाएपछि प्रचण्ड सिँधै कार्यक्रम स्थल सिटी हलमा प्रवेश गरेका थिए ।

सुर्खेतमा कर्णालीका १० वटै जिल्ला र ७९ वटै पालिका पदाधिकारीहरु हलमा उपस्थित भइसकेको थिए । कार्यक्रतालाई प्रशिक्षण कार्यक्रममा सम्बोधन गरिरहेको बेला सामाजिक सञ्जाल फेसबुकमा प्रचण्ड माथि सुर्खेतमा ढुंगा प्रहार अवस्था गम्भीर भन्ने स्टाटस् सार्वजनिक भयो । यो स्टाटस् फेसबुक प्रयोगकर्ता एवी डी बोहोरा र राधिका जोशी अनुपमाले फेसबुकमा लेखेका छन् । तर कडा सुरक्षाविच विमानस्थलदेखी पूर्व मुख्यमन्त्री निवासमा खाना खान र त्यहाँदेखी कार्यक्रमस्थल पुगेका प्रचण्ड झण्डै २ घण्टा पार्टी पदाधिकारी र कार्यकर्तालाई प्रशिक्षण दिएर काठमाण्डौंमा जान सुर्खेतबाट नेपालगञ्ज गइसकेका छन् ।


अवफाह फैलाउने हेतुले सामाजिक सञ्जाल फेसबुकको स्टाटसमा सुर्खेत प्रहरीले पनि स्पष्टीकरण नै दिनु परेको छ । प्रहरीले सूचना जारी गर्दै प्रचण्डमाथि कुनै प्रकारको घटना नभएको र बाहिरी हल्ला मात्रै भएको उल्लेख गरेको छ । ‘प्रचण्ड राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाइ सम्बोधन गर्न सुर्खेत आउनु भएकोमा हाल सामाजिक सञ्जालमा उहाँ माथी ढुङ्‍गा मुढा प्रहार भएको भनि समाचार तथा सूचना केही व्यक्ति तथा मिडियाले अनर्गल तथा आधारहिन रुपमा सम्प्रेषण गरेको ‍र ति समाचार तथा सूचनामा कुनै सत्यता छैन्,’ सुर्खेत प्रहरीले सार्वजनिक गरेको सूचना भनिएको छ, ‘यस प्रकारका झुठा भ्रमपुर्ण र शान्ति सुरक्षाको दृष्टिकोणले गम्भीर प्रकृतिका सूचनाहरु सम्प्रेषण गरिएको पाईएमा विधुतिय करोबार ऐन, २०६३ बमोजिम कारबाही हुने व्यहोरा समेत सूचित गरिन्छ ।’

बिज्ञापन