विज्ञापन

स्याङ्जा । स्याङ्जाको वालिङमा भएको जिप दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । बिहान १० बजे डाँडाखर्कबाट वालिङतर्फ आउँदै गरेको ग.१.च ६३९९ नम्बरको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका थिए ।
दुर्घटनापछि घाइतेहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
विज्ञापन

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा तीन महिला, एक पुरुष र एक बालक रहेका छन्। अस्पताल पुरयाएपछि उनीहरूको मृत्यु भएको बताइएको छ। जिप सडकबाट दुई सय मिटर तल खसेको थियो। जिपमा ११ जना सवार थिए ।
विज्ञापन

अन्य समाचारहरु
बाबुले पेट्रोल छर्किएर आगो लगाइदिंदा २ वर्षे छोराको मृत्यु, आमा घाइते
प्रहरीको गोली प्रहारबाट उडिसाका स्वास्थ्यमन्त्रीको मृत्यु
सहिदको सपना पूरा गर्न हातेमालो गर्न प्रधानमन्त्रीको आह्वान