प्रवास

प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीको अध्यक्षमा संजय थापा निर्वाचित

बिज्ञापन

काठमाडौं । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीको अध्यक्षमा संजय थापासहित ३१ सदस्यीय कमिटी निर्वाचित भएको छ ।

बिज्ञापन

कमिटीको उपाध्यक्ष रमेश पाण्डे, सचिव हेम शेर्पा, उपसचिवहरु चानक पोख्रेल, कर्ण शाही निर्विरोध निर्वाचित भएका मञ्चका निवर्तमान अध्यक्ष भक्त गुरुङले जानकारी दिए ।

गुरुङले आजबाट प्रवासी नेपाली मञ्चको अध्यक्षको गहन जिम्मेवारी थापालाई हस्तान्तरण गरेको बताएका छन् । उनले आफ्नो कमिटीमा रहेर खटिने, सहयोग गर्नेहरुलाई धन्यवादसमेत दिएका छन् ।

नवनिर्वाचित कमिटीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका थिए ।

बिज्ञापन