
काठमाडौं । स्थायी शिक्षक भर्नाका लागि शिक्षक सेवा आयोगको परीक्षा आजबाट सुरु भएको छ । १७ हजार २ सय बढी स्थायी शिक्षकका लागि आजबाट परीक्षा सुरु भएको हो ।
आज पहिलो दिन मावि तहका शिक्षकको परीक्षा सुरु भएको छ । चैत १७ गते निमाविको, १९ गते प्राविको र २१ गते आन्तरिक बढुवातर्फको परीक्षा हुने शिक्षक सेवा आयोगले जनाएको छ ।
शिक्षक सेवा आयोगले माविमा १ हजार ५४७, निमाविमा २ हजार ५९८ र प्राविमा १३ हजार ९३ जनाका लागि विज्ञापन खुलाएको थियो । माविमा मात्रै ३५ हजार ५५६ जनाको आवेदन परेको थियो । परीक्षामा ४० प्रतिशत अंक प्राप्त गरेमा पास भइन्छ ।

करिब पाँच वर्षपछि सञ्चालन हुन लागेको शिक्षक सेवा आयोगको परीक्षाका लागि सबै प्रकारका सुरक्षा रणनीति अपनाइएको छ ,आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताए।
नतिजा प्रकाशन गरी नियुक्ति प्रक्रिया पूरा गर्न करिब एक वर्ष लाग्ने अनुमान गरिएको छ ।
अन्य समाचारहरु
अदालतलाई न्यायलय भन्छौ रवि लामिछानेको पद च्युत गरेर कसले न्याय पायो मैले बुझेको छैन:केपी शर्मा ओली.
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन
राष्ट्रिय स्वतन्त्र पार्टी गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने