राजनीति

मन्त्री कुँवरको दाबी- अछाममा भीम रावलले सत्ता गठबन्धनलाई सहयोग गर्नुहुन्छ

बिज्ञापन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेकपा एमालेका नेता भीम रावलले सत्ता गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने बताएका छन् ।

बिज्ञापन

मन्त्री कुँवरले मङ्गलवार संवाद डबलीले आयोजना गरेको बोल्दै मन्त्री कुँवरले भीम रावल राष्ट्रिय व्यक्तित्व भएको र उनका अभिव्यक्तिले लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न सहयोग पुग्ने बताए ।

उनले भने, ‘भीम रावललाई राष्ट्रिय नेता हो, उहाँ अछामी जनताको अभिभावक पनि हो, अछामी जनताले रोजेका र जनताको हितमा काम गर्ने उम्मेदवार बनाएकोले उहाँले हामीलाई सहयोग गर्नुहुन्छ।’

उनले लोकतन्त्र र संविधान रक्षाको लागि गठबन्धन बनेकाले रावललगायत अछामको बौद्धिक समुदायले गठबन्धनलाई साथ दिने विश्वास व्यक्त समेत गरे । उनले एमालेले रावलमाथि न्याय नगरेको समेत बताए ।

सत्ता गठबन्धनको तर्फबाट अछाम १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मन्त्री कुँवरले आफूले कुटो, कोदाली, बाख्रा चलाउनेदेखि संविधान लेखन, राष्ट्रियसभामा रहेर देश र राष्ट्रियताको विषयमा आवाज उठाएको अछामी जनताले बुझेको बताए ।

सेती लोक मार्गजस्ता विकासका अधुरा योजना पूरा गर्न र जनताका समस्या समाधानसँगै लोकतन्त्र र संविधानको रक्षाको लागि आफूले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकोले जित सुनिश्चित जस्तै भएको कुँवरले दाबी गरे ।

त्यस्तै, कार्यक्रममा सोही निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा ९क० का उम्मेदवार मेघराज खड्काले देशको आवश्यकताका कारण गठबन्धन बनेको बताउँदै आफूहरू प्रतिबद्ध भएको बताए ।

उनले गठबन्धनका उम्मेदवारलाई जिताएर प्रदेश र संघको सरकार बनाएर लोकतन्त्र र संविधान रक्षा गर्ने बताए । सुदूरपश्चिम प्राकृतिक साधन र स्रोतको प्रयोग गरी खड्काले धनी प्रदेश बनाएर जनताको जीवनमा समृद्धि ल्याउन पनि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताए ।

बिज्ञापन